बैंकका एटीएम नचल्दा सेवाग्राही मर्कामा

भदौ २५,काठमाडौं—नेपालका विभिन्न बैंकको एटीएम सेवामा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन्।

नेपाललगायत बाहिरी देशका विभिन्न स्थानमा रहेका एटीएममा समस्या आउँदा देशभित्र र बाहिर रहेका सेवाग्राही समस्यामा परेका हुन्।

गत भदौ १४ गते शनिबार चिनियाँह्याकरहरूले नेपाल तथा भारतका विभिन्न बैंकको एटीएमबाट रकम चोरी गरेका थिए।

त्यसपछि असुरक्षित भएको तथा अनुसन्धानका लागि भन्दै नेपाल राष्ट्र बैंकले आकस्मिकरूपमा सबै एटीएम सेवा सञ्चालन रोकेको थियो।

केही समयपछि केही बैंकको एटीएममा समस्या नआए पनि लुटिएका बैंकहरूको एटीएममा अवरोध जारी नै रह्यो। नेपालबाट प्रभु, नबिल तथा हिमालयन बैंकबाट रकम लुटिएको थियो।

यी बैंकबाट रकम लुटिएसँगै अवरुद्ध बनेका एटीएम सेवा अझैसम्म सञ्चालनमा नआउँदा सेवाग्राही मर्कामा परेका छन्।

यो खबर नेपाल समाचारपत्रमा छ ।