अनुपको शहरमा अट्छु कि अट्दिनँ भन्दै आँचल (भिडियोसहित)

काठमाडौं—सहिमा श्रेष्ठको स्वर रहेको गीत ‘तिम्रो सहर’ युट्युबमार्फत सार्वजनिक भएको छ । गीतकार अमर बान्तुको ‘अमर भावना २’ एल्बममा संग्रहीत रहेको छ ।

गीतको भिडियोमा अनुप विक्रम शाही र आँचल शर्मा फिचर्ड छन् । गीतमा दीपक शर्माको सङ्गीत तथा रिकेश गुरुङको संयोजन रहेको छ । यसै गरी भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका छन् ।

गीतमा पवित्रा आचार्यको कोरियोग्राफि,दिव्य सुवेदीको छायाङ्कन रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।