प्रियंका चोपडाको ‘द स्काई इज पिंक’

भदौं २४,काठमाडौं—प्रियंका चोपडाका फ्यानहरुकोलागि खुसीको खबर छ । ‘बाजीराव मस्तानी’पछि प्रियंका चोपडाको फिल्म ‘द स्काई इज पिंक’ फिल्म आगमी अक्टोबर ११ मा रिलिज हुने भएको छ ।

प्रियंकाले यसको पोष्टर सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेकी छिन् । फिल्ममा प्रियंका चोपडाको साथमा फिल्म क्षेत्र छोड्ने घोषणा गरेकी दगंल गर्ल जायरा वसीमपनि देखिनेछिन् । उनको यो अन्तिम चलचित्र हो ।

फिल्ममा फरहान अख्तर र सुरेश सराफपनि छन् । यो फिल्म लेखिका तथा मोटिभेशनल वक्ता आयशा चौधरीको जीवनीमा आधारित छ । उनलाई पल्मोनरी फाइब्रोसिस नामको रोग लागेको थियो । फिल्मको टिजर सार्वजनिक गर्ने प्रियंकाले ट्विटमा उल्लेख गरेकी छिन् ।