श्रीलंकाका खेलाडीद्वारा पाकिस्तान जान अस्वीकार

भदौं २४,काठमाडौं—श्रीलंकाका क्रिकेट टीमका १० खेलाडीले सुरक्षाको कारण देखाउदै पाकिस्तान जान अस्वीकार गरेका छन् ।पाकिस्तानसँग खेल्न नजानेहरुमा टी २० टिमका कप्तान लसिथ मलिंगा र वान डेका कप्तान डिमुथ करुणरत्ने लगायतका छन् । २००९ मा पाकिस्तानको लाहोरमा टेष्ट म्याच खेल्न पुगेका श्रीलंकाका खेलाडी चढेको बसमा चरमपन्थीले हमला गरेपछि विभिन्न देशको टिम पाकिस्तान गएर क्रिकेट खेल्न अस्वीकार गर्दै आएका छन् ।

श्रीलंका क्रिकेट बोर्डले सुरक्षाको सुरक्षाको कारण पाकिस्तानमा खेल खेल्न जाने नजाने निर्णय गर्ने अधिकार खेलाडीहरुलाई नै छोडेको थियो । बोर्डको निर्णयपछि खेलाडीहरुले क्रिकेट खेल्न पाकिस्तान नजाने बताएका हुन् । २७ सेप्टेम्बरमा शरु हुने खेल तालिका अनुसार श्रीलंकाको टिमले पाकिस्तासँग तीन वान डे र ती टी २० म्याच खेल्नु पर्ने थियो ।

यो खेल पाकिस्तानले पाकिस्तान एकताकोलागि महत्वपुर्ण हुने बताएको थियो । ४ मार्च २००९ मा लाहोरमा श्रीलंकाको क्रिकेट टिमको बसमा हमला भएपछि पनि श्रीलंकाको टोली एक पटक पाकिस्तान पुगेर खेल खेलेको छ । २०१७ अक्टोबरमा श्रीलंकाले लाहोरमै एक टी २० खेल खेलेको थियो । त्यतिबेलाको टिमको कप्तान रहेका थिसारा परेरालेपनि अहिले पाकिस्तान जान अस्वीकार गरेका छन् ।

श्रीलंकाले पाकिस्तानसँग २ टेष्ट म्याच खेल्नु पर्ने भएपछि मिति र स्थान भने तय भइ सकेको छैन् । श्रीलंकाका खेलमन्त्री हरिन फर्नान्डोले पाकिस्तानमा टेष्ट म्याच खेल्न नहुने र खेल संयुक्त अरब इमिरेटमा खेल्नु पर्ने बताएका छन् । उनले पाकिस्तानले धेरै टेष्ट सिरीज खेलिसकेको अरबको मैदान उपयुक्त हुने बताएका हुन् ।