यस्तो बन्यो चलचित्र ‘काले दाई’को ट्रेलर

भदौं २४, काठमाडौं —चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक भएको छ ।  नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म शिव शर्माले निर्देशन गरेका हुन् ।

चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

चलचित्र १७ असोजबाट प्रदर्शनमा आउने भएको छ ।