कांग्रेसको दोस्रो चरणको जागरण अभियान बृक्षारोपणबाट सुरु हुदैं

भदौं २४, काठमाडौं — नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट सुरु हुने भएको छ ।

कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै रोपेर गरिने बताइएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि ३३० प्रतिनिधिहरु सम्बन्धित क्षेत्रमा खटिएका छन् । १५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

स्वदेश र विदेशमा रहेका सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन नेपाली कांग्रेसले आह्वानसमेत गरेको छ ।

अभियानको क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तर्क्िरया, स्थानीय तहको दुई वर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेश लगायतका कार्यक्रम हुने छन् ।