भदौं २३, काठमाडौं — सेवाग्राहीसँग ५ हजार घूस लिइरहेको अवस्थामा एक प्रहरी रंगेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हीरा साह तेली रहेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रहरी जवान गम्हीरा साह तेलीलाई सेवाग्राहीसँग ५ हजार घूस लिइरहेको अवस्थामै पक्राउ गरेको हो ।
आयोगका अनुशार उनलाई रोहबरमा मुचुल्का उठाइ घूसको रकम सहित आवश्यक अनुसन्धानको लागि आयोगको कार्यालय हेटौंडा लगिएको छ ।