सहारा नेपाल सहकारी र गौरादह नगरपालिकामा बम विष्फोट,अधिकृतको गाडी ध्वस्त

भदौं २३,काठमाडौं—झापाको बिर्तामोड नगरपालिका – २ मा रहेको सहारा नेपाल सहकारी संस्थाको भवन र झापाको गौरादह नगरपालिकामा आज्ञात समूहले आइताबार राति बम बिष्फोट गराएको छ ।

सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

उता झापाको गौरादह नगरपालिकामा बिफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको एक थान गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार राति साढे १२ वजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्वरको बोलेरो गाडी पूर्ण रुपमा क्षति भएको हो ।

बम बिष्फोटका कारण कार्यालय परिसरमा राखिएको गाडी पूर्ण रुपमा क्षति भएसंगै प्रहरी घटनास्थललाई सुरक्षित बनाएको छ । कार्यालय भित्र समेत अन्य शंकास्पद बस्तु हुन सक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिपोजल टोली बोलाएको बताइएको छ ।

घटनामा संम्लग्न भएको आशंकामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । एकै समयमा दुबै तर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्पल)का कार्यकर्ताले बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । तर, घटनाको जिम्वेवारी कसैले पनि लिएका छैनन् ।