हिसिला यमी अस्पताल भर्ना

भदौं २३, काठमाडौं —पूर्वमन्त्री तथा समाजवादी पार्टीकी नेतृ हिसिला यमी अस्पताल भर्ना भएकी छन् ।

हिसिला चढेको स्कुटरलाई मोटरसाईकलले ठक्कर दिएपछि उनी दुर्घटनामा परेकी हुन् । अहिले उनलाई बि एण्ड बी अस्पताल भर्ना गरिएको छ ।

डा. बाबुरामा भट्टराईले सामाजिक सञ्जाल मार्फत फोटो राख्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।