दसैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

भदौं २२, काठमाडौं—यस वर्ष दसैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको छ ।

पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय रहेको जनाएको छ ।

यो वर्ष दसैंको टीका असोज २१ गते मंगलबार परेको छ ।