भारतको चन्द्रयान सम्पर्क्विहिन, लाईभ हेर्न गएका मोदी निरास भएर फर्किए

भदौ २१—भारतले चन्द्रमामा पठाएको चन्द्रयान २ सम्पर्क्विहिन भएको छ ।

भारतीय अन्तरिक्ष अनुसंधान संगठन (इसरो)का अध्यक्ष के सिवनका अनुसार २.१ किलोमीटर नजिक पुगेपछि सम्पर्क विहिन भएको हो । उनले भनेका छन्, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो)को मुख्यालय पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि निराश हुँदै फर्किएका छन् ।

चन्द्रयान(२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो । भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय गएका थिए । जब इसरोका अध्यक्षले प्रधानमन्त्री मोदीलाई सम्पर्क टुटेको जानकारी गराए, तब मोदीले उनको काँधमा हात राख्दै सान्त्वना दिएका थिए ।

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

भारतको पहिलो चन्द्र अभियान चन्द्रयान(१ पनि चन्द्रमाको सतहमा अवतरण गर्न सकेको थिएन । तर त्यसले चन्द्रमाको सतहमा विस्तृतरुपमा पानीको खोजी अघि बढाएको बताइन्छ ।

चन्द्रयान(२ ले चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाउनुका साथै चन्द्रमामा गएका कम्पनसमेत मापन गर्ने भनिएको थियो ।

बिबिसी हिन्दीबाट