ट्रक दुर्घटनामा एक जनाको मृत्यु, २ जना घाइते

भदौ २१,काठमाडौं —इलाममा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

इलामको रोङगाउँपालिका १ हिलेपाखा स्थित भित्रिसडक खण्डमा शुक्रबार बेलुका ७ बजे हिलेपाखाबाट तिनघरे इलामतर्फ बाँस लोड गरी जादै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालो चढ्न नसक्दा बाटोबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा झापाको बुद्द शान्ति गाउँपालिका ५ का अन्दाजी ३० वर्षीय रबिन नेपालको गाडी मुनि चेपिएर मृत्यु भएको छ । ३२ वर्षीय नरेन्द्र खड्का र २५वर्षीय रमेश चौहान घाईते भएका छन् ।

घाईतेहरुको उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाईएको छ । ट्रकका चालक झापा दमक नगरपालिका ५ का ४० वर्षीय धुव्र कार्की फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।