अमेरिकामा सडक दुर्घटना, नेपालका एकै परिवारका तीन जनाको मृत्यु

भदौं १९ —अमेरिकास्थित मिजौरीको इन्टस्टेशट ४४ मा मंगलवार भएको सडक दुर्घटनामा बिराटनगरका तीन जना नेपालीको ज्यान गएको छ ।

दुर्घटनामा मृत्यु हुने श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनाल रहेकोे स्थानिय जोप्लिन पुलिस डिर्पामेण्टले जनाएको छ ।

श्रद्धाका पति प्रभास ओझाले चलाएको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रद्धा सहित कारमा सवार उनका बाबु र आमाको दुर्घटनास्थलमै मृत्यु भएको र प्रबास र उनका छोरा घाइते भएको परिवार निकट स्रोतले जनाएको छ । घाइते भएका चालक प्रभास र छोरालाई भने प्रहरीको उद्दार टोलीले उपचारका लागि स्थानिय अस्पतालमा लगेको थियो । उनीहरु दुवैको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलवार दिउसो करिव ३ बजे प्रिगमोर एभेन्यूमा दुई गाडी ठोकिएर गम्भिर दुर्घटना भएको थियोे भने प्रहरीको उद्धार टोलीले दुर्घटनामा पर्नेको उद्दार गरेको थियो ।

श्रद्धा अमेरिकाको डिभी परेर अमेरिका गएकी थिइन् । उनको उतै प्रभाससँग बिवाह भएको थियो । उनका बाबु गोबिन्द र शान्ता गत असारमा छोरी ज्वाइँ भेट्न अमेरिका गएका थिए । गोबिन्द बिराटनगरका चर्चित पुरोहित समेत हुन् ।
एजेन्सी