‘शिवा’को ट्रेलर सार्वजनिक, पत्रकारको भूमिकामा सञ्चिता (भिडियोसहित)

भदौं १९,काठमाडौं —अभिनेत्री सञ्चिता लुईंटेल र अभिनेता किशोर खतिवडाको भूमिका रहेको फिल्म ‘शिवा’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलरलाई सार्वजनिक गरिएको हो ।

ट्रेलरमा सञ्चितालाई पत्रकारको भूमिकामा देखाईएको छ भने किशोर शिवाको भूमिकामा रहेका छन् । फिल्ममा किशोरले आफ्नो गाउँ बचाउन गरेको संघर्ष देखाइएको छ । समाजको विकृति तथा विसंगतिलाई प्रस्तुत गर्न खोजिएको फिल्ममा किशोर र सञ्चिताका साथ निरज महर्जन, होम दवाडी, पुर्णिमा लामा, शम्भु गहतराज, ज्याक श्रेष्ठ, ध्रुव कोइरालालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

रामकाजी घिमिरेको निर्देशनमा तयार भएको फिल्मलाई यहीँ मंसिर २७ गतेबाट देशव्यापी प्रदर्शनमा ल्याउने निर्णय गरिएको छ । फिल्मको कथा पनि उनले आफैँ लेखेका हुन् । फिल्ममा ज्याक श्रेष्ठ निर्माताको रूपमा रहेका छन् । उनले फिल्मले उठाएको विषयवस्तु गम्भीर रहेको र गम्भीर रूपमै प्रस्तुत गरिएको बताएका छन् ।

फिल्ममा समावेश गरिएका गीतहरुमा कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी रहेको छ । राजु ढुंगानाले सम्पादन गरेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने फिल्मलाई वीरेन्द्र भट्टले छायांकन गरेका हुन् । फिल्म पारिवारिक प्रेमकथामा आधारित भएकाले दर्शकहरूले फिल्मलाई मनपराउने फिल्मका निर्देशक रामकाजीले बताएका छन् ।