एटिएम ह्याक पछि (नेप्स)को कडाई, अब सम्बन्धित बैंकको मात्र एटिएम चल्ने

भदौं १८, काठमाडौं — गत शनिबार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) भित्र रहेका बैंकको एटिएम कार्डबाट सोही नेटवर्क भित्रबाट बैंकबाट पैसा चोरी भएपछि नेपालको बैंकिङ प्रणालीको सुरक्षाको चासो देखाएको छ ।

(नेप्स)ले आज एक सुचना जारी गर्दै नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने जानकारी गराएको छ । अर्थात एक बैंकको एटिएम अर्को बैंकमा नचल्ने बनाएको छ । अहिले नेप्सको भिसा नेर्टवर्कमा नेपालका १८ बैंक आबद्ध छन्। जसमा ११ वटा वाणिज्य तथा ७ वटा विकास बैंक छन्।

अहिले नेप्स अन्तर्गत बाणिज्य बैंकहरु प्रभु, सनराइज, माछापुच्छ्रे, जनता, सिद्धार्थ, सिटिजन्स इन्टरनेशनल, एनआइसी एसिया, बैंक अफ प्राइम कमर्सियल, नेपाल बंगलादेश र ग्लोबल आइएमइ बैंक रहेका छन् भने विकास बैंकमा देवस्, ज्योति, ओम, शाइन रेसुङ्गा, सांग्रिला, एक्सेल र लुम्बिनी विकास बैंक रहेका छन् ।