क्यालिफोर्नियामा डुंगामा आगलागी, २५ जनाको मृत्यु

भदौं १७ —दक्षिण क्यालिफोर्नियाको सान्टाक्रुज द्वीपमा सोमबार मध्यरात डुंगामा एक्कासि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । सो डुंगामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताएका छन् । सो दुर्घटनाबाट पाँचजनालाई भने जीवितै उद्धार गरिएको छ ।

एजेन्सी