चलचित्र ’पासवर्ड’ १२ देशका २४ शहरमा एक साथ रिलिज हुने

भ्दौं १७, काठमाडौं — चलचित्र ‘पासवर्ड’ले विदेशको रिलिज क्यालेन्डर सार्वजनिक गरेको छ ।भदौ २७ देखि  नेपालमा रिलिज हुने चलचित्र एक साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका देशमा एकै दिन चलचित्र रिलिज हुनेछ ।

असोज १० देखि १२ देशका विभिन्न २४ शहरमा प्रदर्शन हुनेछ । अमेरिकाको टेक्सास, क्यालिफोर्निया र कोलोराडोमा प्रदर्शन हुने चलचित्र भारतको दार्जि्लिङ, सिलिगुरी र सिक्किममा पनि रिलिज हुनेछ ।

यस्तै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थ, युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबु धावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा चलचित्र रिलिज फिक्स भएको छ ।

एक्सन प्रधान चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।