खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

भदौं १७,काठमाडौं — रुकुम पश्चिमको मुसिकोटमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । मुसीकोट नगरपालिका(३ का २७ वर्षीय नवीन खड्काले २६ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् ।

मदिरा सेवन गरेका नवीनले खुकुरी प्रहार गरि सोमबार बेलुकी ८ बजे हत्या गरेको प्रहरीले बताएको छ ।  श्रीमतीलाई काटेर टाउको, शरीर छुट्टाछुट्टै झोला र थैलामा हालेर फाल्ने बेला छोराछोरी कराएपछि गाउँलेले थाहा पाएका थिए ।