महालक्ष्मी विकास बैंक र एनबीआईबीच समझदारी

भदौं १४,काठमाडौं — महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूटबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंक लि. का कर्मचारीहरुलाई नेशनल बैंकिङ इन्स्टिच्युटले प्रदान गर्दै आइरहेको बिशिष्टिकृत बैंकिङ जान्बी कोर्स लगायत अन्य विविध तालिम प्रदान गर्ने सहमति भएको बैकले जनाएको छ ।

तालिम पश्चात कर्मचारीहरुमा कुशल कार्य सम्पादन क्षमता अभिवृद्धि र सकरात्मक सोचको विकास हुने अपेक्षासहित समझदारी पत्रमा हस्ताक्षर गरिएको जनाएको छ ।

उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र नेशनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।