दशैंपछि आउने ‘छ माया छपक्कै’को गीत यस्तो बन्यो

भदौं १४,काठमाडौं —दिपकराज गिरी समुह र निर्माता रोहित अधिकारीले ‘छ माया छपक्कै’ को प्रदर्शन मिति तय गरेका छन् ।

फिल्ममा समावेश गीत जुनको जुनेली गीतमा फिल्मको प्रदर्शन मिति असोज २४ गते उल्लेख गरिएको छ । दशैंमा आउने भनिएको फिल्म अब दशैं सकेपछि मात्रै प्रदर्शनमा आउने भएको हो ।

बसन्त थापाको संगीत रहेको जुनको जुनेलीमा संगीतकार थापा र गायिका मिना निरौलाको स्वर छ । शब्द राजेन्द्र थापाले लेखेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका सबै मुख्य कलाकारहरु प्रस्तुत छन् । दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जिुत नेपाल, सुपुष्पा भट्ट, बुद्धी तामांग र रजनी गुरुंग गीतको भिडियोमा फिचर्ड छन् ।

दिपेन्द्र लामा निर्दे्शित फिल्म ‘छ माया छपक्कै’ले उमेर अन्तरमा हुने प्रेम सम्बन्धलाई प्रस्तुत गरेको छ । लामो समयको कसरत पश्चात फिल्म निर्माण समुहले असोज २४ गतेलाई प्रदर्शन मिति तोकेको हो ।