कमेडी युक्त चलचित्र ‘कबड्डी ३’को ट्रेलर सार्वजनिक — हेरौ भिडियो

भदौं १४,काठमाडौं — चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र पूर्ण रूपमा मनोरञ्जनात्मक र कमेडीले भरिएको बताइएको छ ।

चलचित्रमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुष्कर गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्र असोज ३ बाट प्रर्दशनीमा आउने भएको छ ।