प्रभासको ‘साहो’ले ‘२.०’ , ‘बहुबली’को रेकर्ड तोड्यो !

भदौ १३— साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’को रिलिज धमाकेदार भएको छ । आज देखि ‘साहो’ रिलिज भएको छ । भारतमा साहो ३० अगस्टमा १० हजार स्क्रिनमा रिलिज भइरहेको छ ।

साहोले रिलिज अघि नै विभिन्न रेकर्ड तोडिसकेको छ । बक्स अफिसमा बलिउड फिल्मनिर्माता डराइरहेको पनि भन्ने खबर आइरहेको छ । त्यसैले त साहोको वरिपरि टाढाटाढासम्म कुनै ठूला फिल्म रिलिज हुने योजनामा छैनन् । यो फिल्म हिन्दी, तमिल, तेलुगू र मलायम गरी चार भाषामा रिलिज भएको छ ।

फिल्मले पहिलो दिनमा सय करोडको कमाई गरेको खण्डमा त्यति आश्चर्य मान्नुपर्दैन । वास्तवमा आँकडालाई हेर्ने हो भने रजनीकान्तको २.० विश्वव्यापी १० हजार स्क्रिनमा रिलिज भएको थियो जसमध्ये ७८५० स्क्रिन भारतमा थियो । फिल्मले पहिलो दिन भारतमा ७० करोडको व्यापार गर्यो । यस्तै, बाहुबली टुको कुरा गर्ने हो भने यो फिल्म विश्वव्यापी ९ हजार स्क्रिनमा र भारतमा ६५०० स्क्रिनमा रिलिज भयो । बाहुबली २ ले पहिलो दिन १२१ करोड कमाएर इतिहास रच्यो ।

प्रभासको पहिलो बलिउड फिल्म ‘साहो’ हेर्नको लागि दर्शक दुई वर्ष देखि प्रतिक्षा सकिएको छ । फिल्ममा प्रभासको अपोजिट श्रद्धा कपूर रहेकी छिन् ।

साहो भारतमा मात्रै १० हजार स्क्रिनमा रिलिज हुँदैछ । विदेशको स्क्रिन काउन्टको कुनै आधिकारिक जानकारी प्राप्त छैन । यस्तोमा साहोले पहिलो दिन कमाईको सबै पुरानो रेकर्ड तोड्न सक्छ । साउथमा त सिंगल स्क्रिन्समा साहोको टिकटको मूल्य बढाएको पनि खबर आइरहेको छ ।

हुन त केही ट्रेड एनालिस्टको अनुमान अनुसार पहिलो दिन साहोको भारतमा कुल कलेक्सन ७५ करोड नजिक हुनसक्छ । साहोको हिन्दी संस्करणले पहिलो दिन १५–२० करोड कमाउन सक्छ ।

यदि साहोले पहिलो दिन ६० करोड बढी कमाउन सफल भयो भने फिल्म ठग्स अफ हिन्दोस्तान, एभेन्जर्सः एन्डगेम र कबिर सिंहको पहिलो दिनको बक्स अफिस कलेक्सनको रेकर्ड तोड्नेछ ।

१५ अगस्टमा बाटला हाउस र मिशन मंगल रिलिज भएको थियो । त्यसपछि कुनै पनि ठूला फिल्म रिलिज भएका छैनन् । जबकी थुप्रै राम्रा फिल्म रिलिजका लागि लाइनमा छन् । १५ अगस्ट पछिका दुई हप्तामा अक्षय र जोनको फिल्मले राम्रो व्यापार गर्ने मौका पायो । ३० अगस्टपछि १३ सेप्टेम्बरसम्म कुनै ठूला फिल्म आइरहेका छैनन् । १३ सेप्टेम्बरमा सेक्सन ३७५ र ड्रिम गर्ल रिलिज हुनेछ । साहोको रिलिज अघि र रिलिज पछि मैदान खाली छ ।
एजेन्सी