आज कुश औंसी अर्थात् बुबाको मुख हेर्ने दिन

भदौ १३,काठमाडौं—आज भाद्र कृष्ण औंसी तथा बुबाको मुख हेर्ने दिन । हिन्दुधर्मालम्बीहरूले पितालाई विशेष सम्मान गरी आज यो पर्व मनाउँदैछन् ।

‘पितृदेवो भवः’ अर्थात् बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताले सन्तानहरुले आफ्ना पिताको विशेष सम्मान गर्छन् । पिताप्रति सम्मान प्रकट गर्दै मीठो खाना तथा राम्रो उपहार दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने धार्मिक स्थानहरुमा पुग्ने गर्छन् ।

भाद्र कृष्ण औंसीकै दिन घर घरमा कुश राख्ने परम्परा छ । आज राखिएको कुश वर्षभर देवकार्य, पितृकार्यसहितका धार्मिक कर्ममा प्रयोग हुन्छ ।