हङ्गकङ्गमा तीजका अवसरमा सम्मान कार्यक्रमको आयोजना

हङ्गकङ्ग—हङ्गकङ्ग नेपाली अल्पसंख्यक संगठनले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई भव्यरुपमा मनाएको छ ।

कार्यक्रमको उद्घाटन नेपालबाट आएकी महिला अधिकारकर्मी तथा दलित एकता संजालकी अन्तर्राष्ट्रिय संयोजक सरु सुनारले गरेकी थिइन् । सो अवसरमा संगठनका तर्फबाट महिला अधिकारकर्मी सुनारलाई संगठनका अध्यक्ष गोबिन्द बि.क. र एनआरएनए हङ्गकङ्गकी अध्यक्ष टीका गुरुङले दोसल्ला ओढाउनुका साथै मायाको चिनो स्वरुप कदर पत्रद्वारा सम्मान गरेका थिए ।

त्यसैगरी एनआरएनए हङ्गकङ्गकी अध्यक्ष टीका गुरुङ र एनआरएनएका सचिव डिल्लीराम विश्वकर्मालाई सफल कार्यकालको बधाईसहित फूल र खादाले सम्मान गरिएको थियो । त्यस्तै संगठनमा आवद्ध विभिन्न व्यक्तिलाई संगठनको कार्यमा संलग्न रही उच्च कार्य गर्ने महानुभावहरुको उच्च कदर गर्दै कदर पत्र र खादाले सम्मान गरिएको थियो । कार्यक्रममा महिला दिदी बहिनीहरुको हक हित, समस्यालगायत विभिन्न चेतनामूलक सन्देश दिने अभिव्यक्ति प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा तीजको गीतमा दिदीबहिनीले भव्य नाच गानको कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रम २४ अगष्टका दिन हङ्गकङ्गको इंडिया क्लव जोडानमा भएको थियो ।