भदौ १५ गते सार्वजनिक बिदा

भदौं ११,काठमाडौं —सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदाय अट्वारी पर्वको अवसरमा भदौ १५ गते आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ ।

सुदूरपश्चिम प्रदेशको साउन ८ गते बसेकोे मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अट्वारी पर्वमा सार्वजनिक बिदा दिने भएको हो ।

कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतवार र सोमवार अट्वारी पर्व थारु समुदायमा मनाइने प्रचलन रहँदै आएको छ ।