जब भाले बोकेर सुत्केरी भेट्न पुगे वडाध्यक्ष

भदौं ११,काठमाडौं — सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा अध्यक्ष चरीबहादुर तामाङ सुत्केरी भेट्न कुखुराको भाले बोकेर घरमै पुगेका छन् । गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ ।

मङ्गलबार बलेफी गाउँपालिका भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामग्री प्रदान गरिएको छ । जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गर्ने शुरुआत संगै सुत्केरीलाई एक(एक भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गरिएको थियो ।

गाउँपालिकाको नीति, कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए ।
(रासस)