अब जेष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट हुने

भदौ १०,काठमाडौं— सरकारले ७० वर्षभन्दा माथिका जेण्ठ नागरिकलाई आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ ।

आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छु्ट दिने घोषणा गरेका हुन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले यस्तो घोषणा गरेको जानकारी दिए ।

उनले वायुसेवा कम्पनीहरुसँग छलफल गरी सरकारले जेष्ठ नागरिकलाई हसाई यात्रामा सस्तो सुविधा उपलब्ध गराउन लागेको बताए । उनले अब छिट्टै लागू हुने प्रतिवद्धता पनि जनाए ।

यो खबर राजधानी दैनिकमा छापिएको छ ।