दशकपछी संजय र मनिषा एकसाथ ‘प्रस्थानमा’

भदौं ९,काठमाडौं — ९० को सुरुवाती दशकमा निकै रुचाइएको बलिउड नायक सञ्जय दत्त र नायिका मनीषा कोइरालालाई फेरी एकसाथ देखिने भएको छ ।

धेरै वर्षको अन्तराल पछि उनीहरू चलचित्र ‘प्रस्थानमा’मा सँगै काम गर्न लागेका हुन् । देव कट्टाको निर्देशनमा बन्ने यो चलचित्र सन् २०१० मा रिलिज भएको हिट तेलुगु चलचित्र ‘नेमसेक’को हिन्दी रिमेक हो ।

सञ्जय र मनीषाका साथमा अलि फजल र सत्यजीत डुबेयको पनि मुख्य भूमिका रहने छ । उनीहरूलाई सञ्जय र मनीषाको सन्तानको भूमिका देखिने बताइएको छ ।

कथा एउटै भए पनि स्क्रिप्टमा हामीले केही फेरबदल गरेको लेखक फराहद सन्जीले बताएका छन् । एक दशक पहिला चलचित्र ‘मेहबूबा’मा सँगै काम गरेको यो जोडीको आगमन र सहकार्य निकै रोचक देखिने छ ।
एजेन्सी