मौसम आजको — अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

भदौं ९,काठमाडौं —मुलुकभर आज मौसमा बदली भई अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविदका अनुसार देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै देशका पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

सुचनामा उल्लेख भए अनुशार रातिको मौसम पनि दिउँसोको जस्तै रहने सम्भावना रहेको छ ।