इंग्लिस प्रिमियर लिग —लिभरपुलको लगातार तेस्रो जित

भदौं ८,काठमाडौं —साविक उपविजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार विजयी यात्रा कायम राखेको छ । नयाँ सिजनको तेस्रो खेलमा पनि उसले जित निकालेको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा मोहम्मद साहलको दुई गोलको सहयोगमा लिभरपुलले अर्सनललाई ३–१ ले पराजित गरेको हो । ४१ औँ मिनेटमा जोएल मातियको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा थप दुई गोल भयो ।

४९ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरे । ५८ औँ मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो । अवे मैदानमा भएको खेलमा आर्सनलका लागि ८५ औँ मिनेटमा लुकास टोरोइएरालो एक गोल फर्काए ।