वुद्धिजीवी र मिडिया नै सरकारविरुद्ध बहकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई


भदौं ८,काठमाडौं — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा वुद्धिजीवी र मिडिया नै सरकारविरुद्ध बहकिएको बताएका छन् ।

काठमाडौँको मैतीदेवीमा होप फाउण्डेसनद्वारा शनिबार आयोजित वाङ्मय सताब्दीपुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

उनले भने, “सबै राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, विद्यार्थी सबै चिट नै चोर्छन्, शिक्षकहरु सबै ठग्छन्, कर्मचारी सबै घुस्याहा नै हुन् जस्तो गरी आम जनरलाइज गरेर समाज अगाडि बढ्दै छ भन्ने कुरालाई ओझेलमा पार्ने कोशिस भइरहेको छ ।”

उनले  भूकम्प, नाकाबन्दी, चुनाव लगायत कयौँ अफ्ठ्यारोलाई पार गर्दै नेपालले सात दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्ने होइन ?” भन्दै प्रश्न गरेका थिए ।