उपत्यकालाई खुला तारमुक्त बनाउन थालियो अभियान

भदौं ८,काठमाडौं — काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउन सरकारले अभियान थालेको छ ।

गत जेठदेखि नै ठेक्का सम्झौता आरम्भ गर्दै भारतीय ठेकेदार कम्पनीले अहिले फिल्ड कार्य पूर्वको तयारी गरिरहेको विद्युत् प्राधिकरण अन्तर्गत आयोजना व्यवस्थापनले बताएको छ ।

एसियाली विकास बैङ्क (एडीबी)को सहुलियतपूर्ण ऋणमार्पmत काठमाडौंँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका वितरण लाइन भूमिगत गर्न ठेकेदार कम्पनीले सर्भे तथा उपकरण परीक्षणको काम गरिरहेको छ । साभार— गोरखापत्र दैनिक