राष्ट्रपतिद्धारा विधेयक प्रमाणीकरण

भदौ ६,काठमाडौं— भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण भएको छ ।

उक्त विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको हो ।