प्रधानन्यायाधीशदेखि संघीय संसद्का सचिवसम्मको तलब वृद्धि

भदौं ५,काठमाडौं — सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानन्यायाधीशदेखि संघीय संसद्का सचिवसम्मको तलब वृद्धि भएको जानकारी गराएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारले साउन १ गतेदेखि नै लागू हुने गरी नयाँ तलवमान स्वीकृत गर्ने निर्णय गरिएको बताएका हुन् ।

कर्मचारीहरूको तलब चालू आवको बजेटमार्फत नै वृद्धि भइसकेको छ । यस्तै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि सांसदहरूसम्मको तलब यसअघि मन्त्रिपरिषद् बैठकबाटै वृद्धि भएको थियो ।