यू-१९ एसिया कप क्रिकेट खेल्ने टोलीको छनौट

भदौं ५,काठमाडौं — श्रीलंकामा यसै महिनाको उत्तरार्धमा आयोजना हुने एसीसी यू-१९  एसिया कप क्रिकेटका लागि बिहीबार नेपाली युवा टोलीको घोषणा भएको छ ।

भदौ  १९ देखि  २८ गतेसम्म हुने प्रतियोगिताको लागि नेपालले बिहिबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

प्रतियोगितामा नेपालले समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्नेछ ।समूह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत छन् ।

यस्तै समूह ’बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

छानिएका १५ सदस्यीय नेपाली टोलीमा रित गौतम, पवन सर्राफ, मोहम्मद आसिफ शेख, सन्दीप जोरा, भिम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिश जिसी रहेका छन्।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा पूर्व राष्ट्रिय कप्तान विनोद दास छन् भने अपूर्वा देसाईले ब्याटिङ प्रशिक्षक, अर्का पूर्व राष्ट्रिय कप्तान राजु खड्काले व्यवस्थापक, विक्रम न्यौपानेले फिजियोथेरापिस्ट तथा सुवास पाट्रोले ट्रेनरका रुपमा टोलीमा भूमिका निर्वाह गर्नेछन्।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।