कर्णालीका मुख्यमन्त्री शाही विप्लवको निशानामा

साउन ३१, काठमाडौं — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् ।

आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम विस्फोट गराउँदै उनीहरुले आफ्नो प्रमुख निशानामा राखेका हुन् ।

बुधबार पचालझरना गाउँपालिकाको विषेश गाउँसभालाई सम्बोधन गदै गर्दा विप्लव समुहले दुई वटा बम विस्फोट गरे । कार्यक्रम स्थल भन्दा दुई सय मिटर नजिकै विप्लव समुहले बम विस्फोट गरेका हुन् ।

गाउँसभा सम्पन्न गरी आफनो गृहगाउँमा वास बसेर रास्कोटको एउटा कार्यक्रमलाई सम्बोधन गर्न हिँडेका मुख्यमन्त्री शाहीसंगै कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी विप्लव समुहले रास्कोटको कृर्षि जेटिए कलेज नजिकै फेरि दुई वटा वम विस्फोट गराएको छ ।

अहिले सम्म मुख्यमन्त्री शाहीलाई लक्षित गरि तिन पटक वम विस्फोट गरेको छ भने, एक पटके कालो झन्डा देखाएको छ ।