दुई हजार घूससहित प्रहरी जवान पक्राउ

साउन ३०, काठमाडौं — काभ्रेमा एक प्रहरी घूससहित पक्राउ परेका छन् । हिगुवापाटी ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई दुई हजार घूससहित रंगेहात पक्राउ परेका छन्।

मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा नदीजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न बहानामा घूस माग गरेको उजुरीको आधारमा भट्टराईलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बताएको छ ।

भट्टराईले सेवाग्राहीसँग सवारी साधन चेकजाँच गर्ने क्रममा नियमविपरीत नियमित काम गर्न मासिक दुई हजारका दरले बुझाउनु पर्ने बताएका आयोगले जनाएको छ।