प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक फेरि स्थगित

साउन ३०, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार पनि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ। यसअघि प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएकाले सचिवालय बैठक बस्न सकेको थिएन।

मंगलबार बोलाइएको बैठक त्यसयता बोलाउँदै र स्थगित हुँदै आएको छ ।