दूरसञ्चारका ग्राहक जनसंख्याभन्दा दोब्बर

साउन २९, काठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणका प्रयोगकर्ता उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन् ।

केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको कुल जनसंख्यालाई आधार मान्ने हो भने देशमा रहेका नेपालीबाहेक औषतमा हरेक एक नेपाली बराबर दुईवटा सीमकार्ड तथा टेलिफोन लाइन पर्छ ।

विभागले सन् २०११ देखि २०३१ सम्म २ करोड ९५ लाख जनसंख्या हुने प्रक्षेपण गरेको छ भने २०६८ को जनसंख्या द्द करोड ६४ लाख हो । साभार कारोबार दैनिक