नेकपाको सचिवालय बैठक आज बस्दै

साउन २९, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मङ्गलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा विभागका नेतृत्व , पोलिटब्युरो गठनलगायतका विषय टुंगो लगाउने नेकपाले जनाएको छ ।

साउन १३ गते बसेको सचिवालयको बैठकले २८ गतेका लागि बैठकको मिति तय गरिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समयभन्दा केही ढिलो सिंङ्घापुरबाट फर्किनु भएको कारण बैठकको गृहकार्य हुन सकेको थिएन ।

बैठकमा स्थायी समिति सदस्यहरूलाई विभाग प्रमुख तथा कतिपय ठूला जनसंगठनको इञ्चार्ज बनाउने तयारी भइरहेको छ । जुनियर केन्द्रीय सदस्यहरूलाई विभागको उपप्रमुख तथा जनसंगठनको सह–इञ्चार्जको जिम्मेवारी दिइने नेकपा स्रोतले जनाएको छ