हिरासतबाट दुई थुनुवा फरार

साउन २८,काठमाडौँ – जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका २ भारतीय थुनुवा फरार भएका छन् ।
उनीहरुले थुनुवा हिरासत कक्षको ताता फोडेर फरार भएको प्रहरीले बताएको छ ।

थुनुवामध्ये भारतीय राज्य पश्चिम बंगालअन्तर्गतको दार्जि्लिङ जिल्ला घर भएका २९ वर्षीय गणेश मण्डल र २६ वर्षीय गणेश कामती रहेका छन् । उनीहरुलाई चोरी मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो ।

फरार भएका दुवै थुनुवाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए । उनीहरु भारत जानसक्ने भएकाले सीमा नाकामा कडाइका साथ चेकजाँच भइरहेको मैनालीले बताए ।

भारतीय थुनुवाहरु फरार भएको घटनाको अनुसन्धानका लागि आन्तरिक छानबिन समिति समेत गठन गरिएको छ ।