झापामा विर्तामोड नगरपालिकाका संगै रहेको ३ वटा कार्यालयमा बम विष्फोट

साउन २७, काठमाडौं – झापाको विर्तामोड नगरपालिकाको संगै रहेको तीन वटा कार्यालयमा बम विस्फोट हुँद भवनमा क्षति भएको छ ।

झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा सोमबार बिहान साढे चार बजेतिर बम विष्फोट भएको हो ।

घटनास्थलमा चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली पगी अनुसन्धान गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि घटनास्थल गएको छ ।

बम विष्फोट गराउने नखुलेको झापा प्रहरीले जनाएको छ । गए राती आइतबार पनि दाङको बंगलाचुली गाउँपालिका र कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष चढ्ने गाडी आगजनी भएको थियो ।