सोमपाल कामीको टिम विनिपेग हकक्सलाई ग्लोबल टी २० क्यानाडा क्रिकेटको उपाधि

साउन २७, काठमाडौं – सोमपाल कामीको क्रिक्रेट टिम विनिपेग हवक्सलाई ग्लोबल टी २० क्यानाडा क्रिकेटको उपाधि हात परेको छ ।

आइतबार राति भएको फाइनल खेलमा विनिपेगले भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा हराउदै उक्त उपाधि जितेको हो ।

१९३ रनको चुनौती वेहोर्दै ब्याटिङ गरेको भ्यानकुभरले निर्धारित समयमा ६ विकेटको लसमा १९२ रन नै बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो ।
१० रनको लक्ष्य पाएको विनिपेगले निकै रोमाञ्चक खेलमा सुपर ओभरमा जित हासिल गरेको थियो ।

यसअघि १९३ रनको लक्ष्य पछि लागेका भ्यानकुभर नाइट्सका सोयब मालिकले ६४ र आन्ड्रे रसेलले अविजित ४६ रन बनाए पनि जित्न सकेनन् ।

तर टस हारेर पहिले ब्याटिङ गरेको विनिपेग हवक्सले भने निर्धा्रित २० ओभरमा ८ विकेटको क्षति सहित १९२ रन बनाएको थियो । साथै शइमन अनवारले ९० रन बनाए ।

नेपालका सोमपाल कामीले भने विनिपेगका लागि एक खेल मात्रै खेल्न पाए ।