दक्षिण एसियाली खेलकुद साफ यु १८ को उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै

साउन २३, काठमाडौं –दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यु १८ प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन्।

असोज ३ गतेबाट सुरु हुने प्रतियोगिता शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने छ। प्रतियोगिताको समूह ’ए’ मा नेपालसहित भुटान माल्दिभ्स र पाकिस्तान रहेका छन्।

त्यस्तै समूह बीमा भारत, बंगलादेश र श्रीलंका रहेका छन्। प्रतियोगिताको फाइनल खेल असोज १२ गते हुने छ। प्रतियोगिताका लागि नेपाली टोलीले आइतबारबाट तयारी सुरु गरिसकेको छ।

पहिलो संस्करणमा नेपालले भारतलाई टाइब्रेकमा ५–४ ले हराउँदै उपाधि उचालेको थियो। निर्धा्रित समय १–१ गोलको बराबरीमा सकिएपछि छिनोफानोका टाइब्रेकमा लगिएको खेलमा नेपालले बाजी मारेको थियो।

दोस्रो संस्करण भुटानमा आयोजना हुँदा फाइलनमा भारतलाई २–० ले पराजित गर्दै दोस्रो उपाधि उचाल्न सफल भएको थियो। तेस्रो संस्करणको रूपमा दोस्रो पटक नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा पनि जित निकाल्दै आयोजक नेपाल उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा हुनेछ।

साभार नागरिक दैनिकबाट