साउन २३, काठमाडौं– व्यवसायी अजेय सुमार्गीको करिब ४ अर्ब रुपैयाँको विवादित सम्पत्ति शुद्धिकरणको विषय सर्बाेच्च आदालतमा मगाइएको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज कुमार शर्माको संयुक्त इजलासले विहीबार सुमार्गीको सम्पत्ति शुद्धिकरणको फाइल सर्वाेच्चमा झिकाएको हो ।
सुमार्गीले विदेशबाट ल्याएको करिब ४ अर्ब रुपैयाँ नेपाल स्याटलाइट टेलिकममा लगानी गर्ने उद्देश्य देखाएको सम्पत्ति वैधानिकता विवादमा मुछिएको नेपाल राष्ट्र बैंकले उक्त रकम रोक्का गरी राखेको थियो ।
सोही रोक्का गरी राखेको खाताको रकमको विभागीय अनुसन्धानको फाइल सर्बाेच्चमा मगाइएको छ ।
सर्वाेच्च अदालतमा दुई बर्षदेखि विचाराधिन मुद्दा सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैंकले सुमार्गीको रकम रोक्का गरेको थियो । खाता रोक्का भएपछि सुमार्गी २०७४ साल माघ २१ गते सर्वाेच्चमा मद्दत लिन पुगेका थिए ।
नेपाल स्याटलाइट टेलिकममा लगानी गर्न ल्याएको वैदेशिक लगानी राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी भन्दै दुख दिएको दावीसहित सर्बाेच्चमा रिट हालेका थिए।
उत्त रिटउपर न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले गत माघ २३ गते पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सुमार्गीले पैसा निकाल्न पाउने तर विदेश लैजान नपाउने अन्तरिम आदेश दिएको थियो।
विदेशबाट ल्याउन लागेको सुमार्गीको करिब ४ अर्ब रुपैयाँ शंकास्पद देखिएपछि नेपाल राष्ट्र बैंकले उक्त रकम रोक्का गरेको थियो ।
सन् २०१० जनवरीमा नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा साइप्रसबाट आएको २ करोड १३ लाख अमेरिकी डलर लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते उद्योग विभागले नेपाल राष्ट्र बैंकलाई रोक्का गर्न पत्र पठाएको थियो ।