क्रिकेट स्टार युवा सन्दिप लामिछानेको टिम टोरन्टो नेसनल्स ग्लोबल टी–२०को प्लेअफमा ईन्ट्री

साउन २३, काठमाडौं – नेपाली क्रिकेटका स्टार युवा सन्दिप लामिछानेको समुहले टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफमा ईन्ट्री मारेको छ ।

क्यानाडामा भएको बुधबार रातिको अन्तिम खेलमा लामिछानेको समुहले मोन्टरियल टाइगर्सलाई ३५ रनले हराउदै टोरोन्टो प्लेअफमा प्रवेश पाएको हो ।

१९० रनको लक्ष्यमा ब्याटिङ गरेको मोन्टरियल टाइगर्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्रै बनाएपछि टोरोन्टोलाई जित हात लागेको हो ।

म्याथ्यु क्रसले ३९, दिनेश चन्डिमलले ३६ र केली कोट्जरले १८ रन ल्याए पनि अरु खेलाडीले राम्रो अंक ल्याउन नसक्दा हार खाएका हुन् ।

मिचेल मेग्क्लेनघन र क्रिस ग्रीनले समान ३–३ विकेट लिएपछि टोरोन्टोको जित सुनिश्ति भएको हो । सन्दीप लामिछानेले पनि एक विकेट लिए । सन्दीपले तीन ओभर बलिङ गर्दै २५ रन खर्चिदा एक विकेट हात लाग्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएपछि पनि १८९ रनको ठूलो अंक प्राप्त भएको थियो ।

रोड्रिगो थोमसले ७० तथा हेनरिच क्लासेनले अविजित ६४ रन बनाएका कारण टोरोन्टोलाई ठूलो स्कोर प्राप्त भएको थियो । टोरोन्टोले अब प्लेअफको इलिमिनेटरमा विनिपेग होक्ससँग खेल खेल्नेछ ।