भारतसँगको व्यापारिक सम्बन्ध तोड्ने पाकिस्तानी राष्ट्रिय सुरक्षा समितिको घोषणा

साउन २२, काठमाडौं – पाकिस्तान र भारतको द्धीपक्षीय व्यापार सम्वन्ध तोडिने भएको छ ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतसँग गरिएको द्वीपक्षीय व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको हो ।

संविधानको अनुच्छेद ३७० को प्रयोग गरी जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोस्ने भारतको कदमप्रति पाकिस्तानले कडा प्रतिक्रिया जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नेतृत्वमा बसेको सुरक्षा समितिको बैठक उनीहरुले भारतप्रति यो निर्णयप्रति कडा प्रतिक्रिया दिएका हुन् ।
राष्ट्रिय सुरक्षा समितिको बैठकमा रक्षा, गृहमन्त्रीका साथै सेना र खुफिया एजेन्सीका अधिकारी पनि रहेका छन् ।

भारत सरकारको एकतर्फी र गैरकानुनी कारबाहीपछि उत्पन्न परिस्थितिबारे छलफल गरेपछि बैठकले व्यक्तव्य जारी गरी भारतसँग राजनीतिक सीमित गर्ने र द्वीपक्षीय व्यापार निलम्बन गर्ने निर्णय गरेको हो ।

त्यस्तै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैशीले एआईवाई टीभीसँग कुराकानीमा आफ्ना राजदूतलाई दिल्लीस्थित पाकिस्तानी दूताबासबाट फिर्ता बोलाउने र इस्लामाबादबाट भारतीय राजदूतलाई फिर्ता पठाउने निर्णय गरेको बताए ।

साथै पाकिस्तानले यो मुद्दालाई संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्मा पठाउने निर्णय पनि गरेको छ ।

१४ अगष्टलाई कश्मिरीहरुसँग ऐक्यवद्धता जनाउदै प्रदर्शन गर्ने र अगष्ट १५ लाई कालो दिनको रुपमा मनाउने समितिको निर्णय रहेको छ ।