ओली सरकारले नौटङ्की चरित्र देखाएको डा. महतको आरोप

साउन २२,काठमाडौं –   नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले केपी ओली सरकारलाई नोैटङ्कीको संज्ञा दिएका छन् ।

नेपाली कांग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा बोल्दै उनले सरकार भाषण मात्रै गरेर हिँडेको भन्दै कामको साटो जनतालाई नौटङ्की चरित्र देखाएको आरोप लगाए ।

उनले भ्रष्टचारलाई बढावा दिन सरकार लागि परेको जिकिर गरे । नेता महतले शिक्षा र स्वास्थ्यलाई राज्यले निशुल्क प्रदान गर्न सकेमात्रै विश्व बजारसंग नेपाली युवा प्रतिस्पर्धा गर्न सक्ने धारणा राखे ।