भारतीय पूर्व विदेशमन्त्री शुस्मा स्वराजको उपचारका क्रममा निधन

साउन २२, काठमाडौं– भारतका पूर्व विदेशमन्त्री शुष्मा स्वराजको उपचारका क्रममा निधन भएको छ ।

हृदयाघात भई अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस’, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय समाचार माध्यमले जनाएको हो ।

६७ वर्षीया स्वराज सन् २०१६ मा मृगौला प्रत्यारोपण गरिएदेखी विरामी अवस्थामा थिईन् । सोही कारण सन् २०१९ को लोकसभा चुनावमा उम्मेदवारी दिईनन् ।

इन्दिरा गान्धीपछि सन् २०१४ मा भारतकी पहिलो महिला विदेशमन्त्री भएकी थिईन् । भारतीय जनता पार्टी सरकार हुँदा स्वराज दिल्लीकै पहिलो मुख्यमन्त्री पनि भएकी थिइन् ।

चालिस वर्षको राजनीतिक यात्रामा ११ वटा चुनाव जितेकी उनी ३ पटक विधानसभामा विजयी भइन् भने ७ पटक सांसद समेत बनिसकेकी छन्।

प्रखर र प्रभावशाली सफल नेता स्वराजको जन्म सन् १९५३ फ्रेबरीमा भारतको अम्बाला छावनीमा भएको थियो ।

स्वराजले एसडी कलेजबाट राजनीति शास्त्रमा स्नातक र पन्जाब विश्वविद्यालय, चंडीगढबाट कानूनको डिग्री गरेकी थिइन्।

उनको राजनीतिक जीवन अखिल भारतीय विद्यार्थी परिषदबाट सुरु भएको थियो ।

२५ वर्षकै उमेरमा हरियाणाबाट चुनाव जितेर राज्यमन्त्री भएकी थिइन् ।
निधन हुनु केही बेर अघि ट्विट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मु र कश्मिर सम्बन्धी गरेको फैसलामा बधाइ दिएकी थिइन् ।

भारतीय प्रधानमन्त्री मोदीले पनि ट्विट मार्फत दुःख व्यक्त गर्दै स्वराजलाई करोडौं मान्छेको प्रेरणा स्रोत भनेका छन् ।