प्रचण्डको नातिनीको ‘मायालु तिमी कता छौ’ म्युजिक भिडियो सार्वजनिक

साउन २१,काठमाडौं – गायिका स्मिता दाहालको नयाँ गीत ‘मायालु तिमी कता छौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नातिनी हुन् ।

उक्त गीतमा स्मिता दाहाल र राजनराज शिवाकोटीले स्वर दिएका छन् । गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । दिनेश थपलियाको शब्द रहेको गीतमा उदयराज पौडेलले संगीत भरेका छन् ।

यस्तै, भिडियोको निर्देशक सरोज ओली हुन् भने भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् ।

सेट लगाएर खिचिएको भिडियोमा वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाइएको छ ।
राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन् ।